भूमिहीन किसानहरुका समस्या समाधान गर्न सरकार प्रतिबद्ध : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौं, मंसिर १६ : उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले जोताहा भूमिहीन किसानहरुका समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।
शनिबार चितवनको नारायणगढमा भएको राष्ट्रिय भूमि अधिकार मञ्च नेपालको छैटौँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै श्रेष्ठले समृद्ध र सामाजिक न्यायलाई मूल कार्यभार बनाएर सरकार अघि बढिरहेको भन्दै जोताहा भूमिहीन किसान, कमलरी, हरुवाचरुवा, गुठी जग्गाको समस्या लगाएतका समस्या समाधान गर्न सरकार प्रतिवद्ध रहेको बताएका हुन्।
उनले अहिले नै सरकारले गुणात्मक फड्को मार्न नसकेपनि कार्यभारलाई पुरा गर्न सम्पूर्ण ध्यान केन्द्रीत गरिरहेको जिकिर गरे। सरकारले सुशासनको क्षेत्रमा भ्रष्टाचारबिरुद्ध ठूला–ठूला अभियान सञ्चालन गरेको उनले बताए।
श्रेष्ठले मिटरव्याज पिडितहरुलाई न्यायदिने गरि प्रक्रिया अघि बढाइरहेको र हजारौले मिटरव्याज समस्याबाट मुक्ति समेत पाइसकेको दावी गर्नुभयो । उनले मुलुकमा आएको परिवर्तनको आभाष जनताले गर्नेगरि व्यहारमै पुष्टि गर्ने गरि अगाडी बढ्न खोजिरहेको बताए।
श्रेष्ठले सरकारले सुरु गरेको भ्रष्टाचारबिरोधी अभियानबाट बिश्राम नलिने स्पष्ट पारे।











-(1)-1752494016.png)