मुलुकको अर्थतन्त्रमा सबैभन्दा ठुलो समस्या रोजगारी सिर्जना गर्न नसक्नु हाे : घनश्याम भुसाल

काठमाडौं, मंसिर १६ : नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले मुलुकको अर्थतन्त्रमा सबैभन्दा ठुलो समस्या रोजगारी सिर्जना गर्न नसक्नु भएको बताएका छन्।
शनिबार काठमाडौंमा आयोजित नेपाली समाजको मुख्य अन्तरविरोध विषयक कार्यक्रममा समाजमा देखिएको बिभिन्न बहसको जड रोजगारी सिर्जना गर्न नसक्ने मुलुकको अर्थतन्त्र भएको बताएका हुन्। उनले रोजगारी सिर्जना गर्ने बिषय आर्थिक बिषय मात्रै नभएको र मान्छे बन्ने कुरा भएको धारणा राखे।
नेपाल मुक्ति पार्टी बनाउने तर रोजगारी सिर्जना नगर्ने व्यवस्थालाई कायम राखे झनै फस्ने उहाले बताए। भुसालले राज्यसत्तामा रहेका र प्रमुख भनिएका दलहरुले भन्दा रवि लामिछाने र दुर्गा प्रसाई चर्चामा आएपछि मुलुकको अर्थतन्त्रको संकटका बारेमा जनतालाई बुझ्न सजिलो भएको जिकिर गरे।
उनले मुलुकको राजनीति, आन्दोलन, पुराना पार्टीहरु र यसभित्रको ज्ञान उत्पादनको तरिका डरलाग्दो रहेकाले धेरै कुरा फेर्न जरुरी रहेको धारणा राखे।











-(1)-1752494016.png)