Kathmandu Press

मुलुकमा स्थायी रुपमा शान्ति कायम गर्न राजतन्त्र आवश्यक : दुर्गा प्रसाईं

मुलुकमा स्थायी रुपमा शान्ति कायम गर्न राजतन्त्र आवश्यक : दुर्गा प्रसाईं

काठमाडौं, मंसिर १६ : राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले मुलुकमा स्थायी रुपमा शान्ति कायम गर्न राजतन्त्र आवश्यक रहेको तर्क गरेका छन्।

शनिबार ललितपुरको लगनखेलमा आयोजित सभालाई सम्बोधन गर्दै प्रसाईंले गणतन्त्रका कारण मुलुकमा स्थायी शान्ति हुन नसकेको भन्दै स्थायी रुपमा शान्ति कायम गर्न राजतन्त्र आवश्यक रहेको तर्क गरेका हुन्। उनले कार्यकारी प्रधानमन्त्री, हिन्दु राष्ट्र, प्रदेश खारेज र राजसंस्थाका विषयमा जनमत संग्रह गर्न चूनौति दिए।

प्रसाईंले आफूलाई विभिन्न स्थानमा कार्यक्रम गर्न प्रतिबन्ध लगाएको भन्दै प्रतिवन्धको असर आफूलाई नभई लगाउनेलाई नै हुने जिकिर गरे। प्रसाईंले आफुहरुको आन्दोलन नागरिकको गाँस बास र कपासको लागि भएको बताए।

उनले देश र स्वास्थ्य क्षेत्रलाई समाप्त पार्न तोसिमा कार्कीले डा. गोविन्द केसीलाई प्रयोग गरेको आरोप लगाए।

 

प्रकाशित मिति: १६:५८ बजे, शनिबार, मंसिर १६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्