मुलुकको विकास एमालेबाहेक अरु कसैले गर्न सक्दैन : ओली

काठमाडौं, मंसिर १६ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको विकास एमालेबाहेक अरु कसैले गर्न नसक्ने बताएका छन्।
महाकाली-मेची अभिायनअन्तर्गतको सभालाई शनिबार अछामको साँफे बगरमा सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले सरकारबाट हटेपछि देशको बिकास हुन नसकेको भन्दै मुलुकको विकास एमालेबाहेक अरु कसैले गर्न नसक्ने बताएका हुन्।
गठबन्धन सरकारआएपछि अहिले देशमा अस्थीरता र अराजकता फैलिएको र ओरालो लागेको उनले बताए। उनले सरकारको ध्यान देश विकासमा नभई तस्करी भ्रष्टाचारमा केन्द्रीत रहेको आरोप लगाए। ओलीले नेपाललाई समृद्ध र नेपाली जनतालाई सुखी बनाउन देशभरको अवस्था बुझ्न महाकाली-मेची अभियान गरिएको जिकिर गरे।
उनले एमालेका हरेक नेता तथा कार्यकर्ताहरु आन्तरिक एकताका साथ पार्टीको अभियानमा लाग्न निर्देशन दिए।
प्रकाशित मिति: १६:५१ बजे, शनिबार, मंसिर १६, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











