‘जलवायु परिवर्तनको गम्भीर असर नेपालले भोग्नुपर्ने अन्यायपूर्ण अवस्थाको अन्त्य हुनुपर्छ’
संयुक्त राष्ट्रसंघको जलवायु परिवर्तनसम्बन्धी सम्मेलनलाई शनिबार युएईमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले जलवायु परिवर्तनमा नेपालको शून्य योगदान हुदा पनि यसको गम्भीर असर भोग्नुपरेको भन्दै अन्यायपूर्ण अवस्थाको अन्त्य हुनुपर्ने बताएका हुन्।
काठमाडौं, मंसिर १६ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालले जलवायु परिवर्तनको गम्भीर असर भोग्नुपरेको भन्दै अन्यायपूर्ण अवस्थाको अन्त्य हुनुपर्ने बताएका छन्।
संयुक्त राष्ट्रसंघको जलवायु परिवर्तनसम्बन्धी सम्मेलनलाई शनिबार युएईमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले जलवायु परिवर्तनमा नेपालको शून्य योगदान हुदा पनि यसको गम्भीर असर भोग्नुपरेको भन्दै अन्यायपूर्ण अवस्थाको अन्त्य हुनुपर्ने बताएका हुन्।
जलवायु परिवर्तनको गम्भीर असर जस्तै बाढी, पहिरो, डढेलो, हिमताल विस्फोट जस्ता समस्याहरु नेपालका जनताहरुले भोग्नुपरेको उनले बताए। प्रधानमन्त्री प्रचण्डले जलवायु परिवर्तनले भोग्नुपरेको असरका लागि आर्थिक र प्राविधिक सहायता आवश्यक रहेको धारणा राखे।
पेरिस सम्झौताअनुसार पृथ्वीको तापक्रम १ दशमलव ५ डिग्री सेल्सियलमा सीमित गर्ने प्रतिबद्धता कार्यान्वयन गर्न ढिला भइसकेको र यसले हिमालमा ठूलो असर पर्ने र सङ्कट देखा परेको उनले बताए। सम्मेलनबाट स्थापना हुन लागेको जलवायुजन्य हानिनोक्सानी कोष सहयोग समतामूलक रुपमा हुनुपर्ने, प्रक्रिया सहज र पारदर्शी हुुनुपर्ने तथा नेपालजस्ता मुलुकले लाभ लिन पाउनुपर्नेमा जोड दिए।
मङ्सिर १४ गते सुरु भएको कोप २८ सम्मेलन मङ्सिर २६ गतेसम्म चल्नेछ।