Kathmandu Press

तेस्रो अन्तर्राष्ट्रिय जलरङ महोत्सव सुरू

महोत्सवमा ३९ देशका तीन सय ४० कलाकृतिहरु प्रदर्शनी गरिने छ। विदेशी ३० सहित झण्डै दुई सय कलाकारको सहभागिता रहने आयोजकले जनाएको छ।
तेस्रो अन्तर्राष्ट्रिय जलरङ महोत्सव सुरू

काठमाडौं, मंसिर १६ : तेस्रो अन्तरराष्ट्रिय जलरङ्ग महोत्सव (वाटर कलर फेस्टिबल) आन सुरु भएको छ। शनिबार नेपाल कला परिषद्मा अन्तरराष्ट्रिय जलरङ्ग समाज (आईडब्लूएस) नेपालले आयोजना गरेको पाँच दिने महोत्सव उद्घााटन गरिएको हो। 

महोत्सवमा ३९ देशका तीन सय ४० कलाकृतिहरु प्रदर्शनी गरिने छ। विदेशी ३० सहित झण्डै दुई सय कलाकारको सहभागिता रहने आयोजकले जनाएको छ। बेलायत, म्यान्मार, थाइल्यान्ड, बङ्गलादेश, भारत, अस्ट्रियालगायत देशका ३० जना कलाकार महोत्सवमा सहभागिता जनाउन नेपाल आइसकेका छन्। 

Hardik ivf

अन्तर्राष्ट्रिय जलरङ्ग समाज (आईडब्लूएस) नेपालको आयोजनामा हुन लागेको कला महोत्सव २० मंसिरसम्म चल्नेछ। महोत्सव उद्घाटन समारोहलाई सम्बोधन गर्दै, युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुले कलाकारिता क्षेत्रको व्यापक विकास र विस्तारका लागि सरकार प्रतिबद्ध रहेको बताए।

उनले भने, ‘अहिले सरकारको प्रतिनिधिको रुपमा मैले काम गर्दै गर्दा मैले कहाँनेर उभिनुपर्यो। यसको अरु व्यापक विकास र विस्तार गर्नका निमित्त तपाईंहरुले जुन मेहनत गर्नुभएको छ यसमा सरकारले सहयोग गर्ने छ।’

उनले आफू राजनीतिक क्षेत्रमा नै व्यस्त रहँदा कलाकारिता क्षेत्रमा अत्यन्तै पछाडि परेको अनुभव भएको भन्दै भने, ‘म राजनीतिक क्षेत्रमा लागेको मानिस धेरै पछाडि रहेछु। बग्गी तान्ने घोडाजस्तो एकोहोरो राजनीतिमा मात्र लाग्यौं तर यति अथाह क्षेत्र रहेछ। कलाकारिता क्षेत्रमा हेर्दा म अत्यन्तै पछि परेको अनुभूति भएको छ।’
 

प्रकाशित मिति: १५:११ बजे, शनिबार, मंसिर १६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्