रुपन्देहीमा स्कुल बसले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु, १ जना घाइते
सो दुर्घटनामा मोटरसाइकलमा सवार २१ वर्षीय मोहम्मद इर्साद र २१ वर्षीया रुक्सना खातुनको मृत्यु भएको प्रहरीले जनाएको छ। दुवै जनाको घटनास्थलमै मृत्यु भएको थियो।
रुपन्देही, मंसिर १६ : रुपन्देहीमा स्कुल बसले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ ।
लुम्बिनी सांस्कृतिक नगरपालिका–४ महुवारीमा बिहान सिद्धार्थ बोर्डिङ स्कुलको लु १ क १७७८ नम्बरको बसले लु ३७ प ८४८२ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिएको थिए।
सो दुर्घटनामा मोटरसाइकलमा सवार २१ वर्षीय मोहम्मद इर्साद र २१ वर्षीया रुक्सना खातुनको मृत्यु भएको प्रहरीले जनाएको छ। दुवै जनाको घटनास्थलमै मृत्यु भएको थियो।
दुर्घटनामा २० वर्षीया अप्सरा खातुन गम्भीर घाइते भएकी छन्। उनको भैरहवामा उपचार भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: ११:१९ बजे, शनिबार, मंसिर १६, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार