Kathmandu Press

‘दलित महिला हिंसामा पर्नुको प्रमुख कारण आर्थिक पक्ष’

उनले अब तीन तहको सरकारलाई दलित महिलामाथि हुने हिंसाप्रति जवाफदेही बनाउन आवश्यक रहेको बताइन्।
‘दलित महिला हिंसामा पर्नुको प्रमुख कारण आर्थिक पक्ष’

काठमाडौं, मंसिर १६ : दलित महिला संघकी संस्थापक अध्यक्ष दुर्गा सोवले बढी मात्रामा आर्थिक पाटोले दलित महिला हिंसामा पर्ने गरेको बताएकी छन्। नेपालमा दलित महिला र बालिकामाथि हुने हिंसाको अवस्था अध्ययन प्रतिवेदन सार्वजनिकरण तथा अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन्।

वैदेशिक रोजगारीमा दलित महिलाहरु गैरकानूनी रुपमा गइरहेको र व्यवसाय गर्दा पनि जातको कारणले नचल्ने हुँदा बढी मात्रामा आर्थिक पाटोले दलित महिला हिंसामा पर्ने गरेको सोवको भनाइ छ।

‘वैदेशिक रोजगारीमा जाने भनेकै जनजाति र दलित महिलाहरु हो । अहिले महिला हिंसाको एउटा पाटो भनेको आर्थिक देखियो। विशेष दलित वर्ग आर्थिक पाटोका कारण बढी हिंसामा पर्यो,’ उनले भनिन्, ‘त्यही भएर वैदेशिक रोजगारमा महिला गैरकानूनी रुपमा गइरहेका छन् । कुनै व्यवसाय गर्दा जातकै कारणले पनि चल्दैन ।’

उनले अब तीन तहको सरकारलाई दलित महिलामाथि हुने हिंसाप्रति जवाफदेही बनाउन आवश्यक रहेको बताइन्।

 

प्रकाशित मिति: ०७:५२ बजे, शनिबार, मंसिर १६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्