चुरे संरक्षणका लागि स्थायी समाधान खोज्न राष्ट्रपति पौडेलको निर्देशन

काठमाडौं, मंसिर १५ : राष्ट्रपति रामचन्द्र पौडेलले चुरे संरक्षणका लागि स्थायी समाधान खोज्न र त्यसका लागि आवश्यक काम गर्न राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समितिलाई निर्देशन दिएका छन्।
चुरे–तराई मधेस संरक्षण विकास समितिका पदाधिकारीसँग छलफल गर्दै राष्ट्रपतिले राष्ट्रपतिले त्यस्तो निर्देशत दिएका हुन्।
उनले चुरे विनासले निम्त्याउने सङ्कटप्रति चिन्ता व्यक्त गर्दै अहिलेको काम गराइले मात्र दीर्घकालीन समाधान नहुने धारणा राख्दै राज्यको तदारुकतामा स्थायी समाधान खोज्नुपर्ने बताए।
राष्ट्रपति पौडेलले पहिरो रोक्नुपर्ने, खोला नदीले बगाएर ल्याउने ढुङ्गा, गिटी, गेग्रयान हटाएर खोला बग्ने निश्चित धार बनाउने, हटाएको ढुङ्गा, गिटी, बालुवा राष्ट्रिय आवश्यकताका लागि प्रयोग गर्ने, हरियाली निर्माण गर्ने, वस्ती सुधार गर्नेजस्ता विभिन्न कामका लागि राज्यले नै बृहत योजना बनाएर तदारुकताका साथ काम गर्नुपर्नेमा जोड दिए। नुभएको थियो।
छलफलमा विकास समितिका पदाधिकारीले समितिले हाल गरिरहेको कामबारे जानकारी गराएका थिए।









![होल्डिङ सेन्टर जलमग्न, सुकुम्बासीको जनजीवन प्रभावित [तस्विरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_1cc3ec18-1783750652.jpg)

