संघीयता आएपछि अपांगता भएकाहरुको अधिकार झन कमजोर भयो : अध्यक्ष आचार्य
उनले तीनै तहको सरकारमा नागरिक समाजको भूमिका खुम्चिएको अवस्था रहेको भन्दै संघीयता आएपछि अपाङ्गता भएकाहरुको अधिकार स्थापित हुनुपर्नेमा कमजोर भएको गुनासो गरे।
काठमाडौं, मंसिर १५ : राष्ट्रिय अपांग महासंघका अध्यक्ष देविदत्त आचार्यले संघीयता आएपछि अपांगता भएकाहरुको अधिकार स्थापित हुनुपर्नेमा झन कमजोर भएको बताएका छन्।
शुक्रबार काठमाडौंमा महासंघद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले तीनै तहको सरकारमा नागरिक समाजको भूमिका खुम्चिएको अवस्था रहेको भन्दै संघीयता आएपछि अपाङ्गता भएकाहरुको अधिकार स्थापित हुनुपर्नेमा कमजोर भएको गुनासो गरे।
‘न उहाँहरुले सशक्त रुपमा आफ्नो काम गर्न सक्नुभएको छ, न त संस्थाले गर्न खोजेको काममा सहयोग पुर्याउने काम गर्नु भएको छ,’ अध्यक्ष आचार्यले भने, ‘संघीय, प्रदेश र स्थानीय सरकारमा नागरिक समाजको भूमिका खुम्चिएको अवस्था छ। संघीयता आएपछि हाम्रो अधिकार स्थापित हुनुपर्ने बेलामा कमजोर भएको छ।’
उनले संघीय सरकार र नेपालको संविधानले अपाङ्गताको सम्पूर्ण व्यवस्थापन गर्ने कुरा स्थानीय तहको एकल अधिकार भनेर उल्लेख गरेको भए पनि अपाङ्गता भएकाको अधिकार सम्बन्धी ऐन नियमावलीको केही कुराहरु खुम्च्याइएकोले स्थानीय स्तरमा सेवा सुविधाहरु राम्रोसँग प्राप्त गर्न नसकेको बताए।
‘संघीय सरकार र संविधानले अपाङ्गताको सम्पूर्ण व्यवस्थापन गर्ने कुरा स्थानीय तहको एकल अधिकार हो भनेर उल्लेख गरेको छ। अपाङ्गता भएकाको अधिकारसम्बन्धी ऐन नियमावलीको केही कुरा खुम्च्याइएको छ,’ उनले भने, ‘त्यसैले स्थानीय स्तरमा सेवा सुविधाहरु प्राप्त गर्न सकेको अवस्था छैन।’









![होल्डिङ सेन्टर जलमग्न, सुकुम्बासीको जनजीवन प्रभावित [तस्विरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_1cc3ec18-1783750652.jpg)

