Kathmandu Press

युवा नीति बनाउन निरन्तर लागेका छौं : मन्त्री लिम्बु

उनले सबै सरोकारवालाहरुको सहभागिता र विचारको समायोजन गर्न सकियोस् भन्ने उद्देश्यका साथ युवा नीति बनाउन मन्त्रालय लागिरहेको बताएका हुन्।
युवा नीति बनाउन निरन्तर लागेका छौं : मन्त्री लिम्बु

काठमाडौं, मंसिर १५ : युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुले मन्त्रालय युवा नीति बनाउने कुरामा निरन्तर लागिरहेको बताएका छन्।

शुक्रबार काठमाडौंमा आयोजित राष्ट्रिय युवा नीति बहस सम्बन्धी राष्ट्रिय कार्यशालालाई सम्बोधन गर्दै उनले सबै सरोकारवालाहरुको सहभागिता र विचारको समायोजन गर्न सकियोस् भन्ने उद्देश्यका साथ युवा नीति बनाउन मन्त्रालय लागिरहेको बताएका हुन्।

‘सबै सरोकारवालाहरुको सहभागितामूलक ढङ्गबाट नीति निर्माण गर्न सकियोस् भन्ने सबैको विचार त्यहाँ समायोजन गर्न सकियोस् भन्ने पवित्र उद्देश्यले युवा नीति बनाउने क्रममा मन्त्रालय लागेको छ,’ उनले भने।

खेलकुद मन्त्रालयले सबै युवाहरुको प्रतिभा, क्षमता र सीपलाई एकजुट गरेर व्यवस्थित गर्ने प्रयास गरिरहेको पनि मन्त्री लिम्बुले बताए। युवा अन्तिम चरणमा रहेको बताउँदै उनले यो पास भएपछि सबैले आफ्ना कुरा पनि यो नीतिमा छ भन्ने महसुस हुने बताए।

‘हाम्रो सहभागितामा यो नीति नियम बनेको छ भन्ने ढङ्गबाट तपाईंहरु जान सक्ने अवस्था बनाउन अन्तिम समयसम्म तपाईहरुले आवाज दिइरहनुपर्छ,’ युवा तथा खेलकूदमन्त्री लिम्बूले भने।

अहिले सामाजिक सञ्जालमा सबै नकारात्मक कुराहरु मात्र लेखिने गरेका भन्दै उनले यसले समाजमा नकारात्मक असर पुगेको टिप्पणी गरे।

 

प्रकाशित मिति: १८:२१ बजे, शुक्रबार, मंसिर १५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्