Kathmandu Press

गठबन्धनका छेस्कामा अडिएकाले याे सरकार जुनसुकै बेला ढल्न सक्छ : ओली

पार्टीको ‘समृद्धिका लागि संकल्प यात्रा’अन्तर्गत आज डडेल्धुरामा आयोजित सभामा अध्यक्ष ओलीले केही तत्वहरु राजतन्त्र फर्काउन लागेको भन्दै त्यो सम्भव नभएको बताए।
गठबन्धनका छेस्कामा अडिएकाले याे सरकार जुनसुकै बेला ढल्न सक्छ : ओली

डडेल्धुरा, मंसिर १५ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकले गणतन्त्रमार्फत अगाडि बढ्ने संकल्प गरिसकेको अवस्थामा राजतन्त्र फर्कन नसक्ने धारणा राखेका छन्।

पार्टीको ‘समृद्धिका लागि संकल्प यात्रा’अन्तर्गत आज डडेल्धुरामा आयोजित सभामा अध्यक्ष ओलीले केही तत्वहरु राजतन्त्र फर्काउन लागेको भन्दै त्यो सम्भव नभएको बताए।

उनले २०८४ सालको निर्वाचनमा एमालेले बहुमत ल्याउने दाबी गर्दै त्यसको १० वर्षमा बेरोजगारी अन्त्य भइ समृद्धि हासिल हुने जिकिर गरे।

ओलीले वर्तमान सरकारको जग कमजोर भएको भन्दै कसैले ढाल्नै नपर्ने, आफैं ढल्ने बताए। ‘यो सरकार कसैले ढाल्नुपर्दैन, सरकार हल्लिरहेको छ, कुनै समय आफैँ ढल्न सक्छ। यो कुनै खुट्टा नभएको, गठबन्धनका छेस्कामा अडेको सरकार हो,’ उनले भने।

वर्तमान सत्ता गठबन्धन रहिरहे देश बर्बादीमा जाने र आगामी २०८४ सालको चुनावपछि एमालेको एकल सरकार बनाउनुपर्ने ओलीकाे भनाइ थियाे।

प्रकाशित मिति: १५:५९ बजे, शुक्रबार, मंसिर १५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्