Kathmandu Press

द्रुत बस सेवालाई विस्तार गरिन्छ : मन्त्री ज्वाला

शुक्रबार काठमाडौंको रत्नपार्कदेखि भक्तपुरको सूर्यविनायकसम्म सञ्चालनमा रहेको द्रुत बस सेवाको अनुगमन गर्दै मन्त्री ज्वालाले यसलाई प्रभावकारी बनाउँदै अन्य रुटमा समेत सेवा विस्तार गर्ने तयारी भइरहेको जानकारी दिएका हुन्।
द्रुत बस सेवालाई विस्तार गरिन्छ : मन्त्री ज्वाला

काठमाडौं, मंसिर १५ : भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले द्रुत बस सेवालाई विस्तार गरिने बताएका छन्।

शुक्रबार काठमाडौंको रत्नपार्कदेखि भक्तपुरको सूर्यविनायकसम्म सञ्चालनमा रहेको द्रुत बस सेवाको अनुगमन गर्दै मन्त्री ज्वालाले यसलाई प्रभावकारी बनाउँदै अन्य रुटमा समेत सेवा विस्तार गर्ने तयारी भइरहेको जानकारी दिएका हुन्।

मन्त्री ज्वालाले चक्रपथ लगाएत अन्य रुटमा सेवा विस्तार गर्न सकिने बताए। उनले सार्वजनिक सवारी यातायातलाई व्यवस्थीत गर्दै सुरु गरेको सेवा सञ्चालमा केहि चूनौति र समाधान रहेको भन्दै त्यसलाई समाधान गर्दै दिगो बनाउने धारणा राखे।

अनुगमनका क्रममा मन्त्री ज्वालाले सुर्यबिनायकदेखि जडीबुटीसम्म द्रुत बसमा चढेरै बस सेवाको अनुगमन गरेका थिए। हाल सो रुटमा प्रत्येक ३–३ मिनेटको फरकमा ३६ वटा बस सञ्चालनमा छन्। 

प्रकाशित मिति: १५:२४ बजे, शुक्रबार, मंसिर १५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्