Kathmandu Press

गणतन्त्रप्रति भ्रम फैलाउनेलाई सामूहिक जवाफ दिनुपर्ने खड्काको भनाइ

गलत तरिकाले आम नागरिकलाई गलत सूचनामार्फत भ्रम पारेर संघीय लोकतान्त्रिक गणतन्त्रको उन्नत शासन प्रणालीलाई बदनाम गर्न खोजिएको पनि उनले बताए।
गणतन्त्रप्रति भ्रम फैलाउनेलाई सामूहिक जवाफ दिनुपर्ने खड्काको भनाइ

काठमाडौं, मंसिर १५ : कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीको विकल्प नभएको बताउँदै नकारात्मक रुपमा प्रस्तुत गर्ने कार्यलाई सामूहिक रूपमा जवाफ दिन जरुरी रहेको भनाई राखेका छन्। 

गलत तरिकाले आम नागरिकलाई गलत सूचनामार्फत भ्रम पारेर संघीय लोकतान्त्रिक गणतन्त्रको उन्नत शासन प्रणालीलाई बदनाम गर्न खोजिएको पनि उनले बताए। शुक्रबार काठमाडौंमा आयोजित नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २७ औं वार्षिकोत्सवमा उनले उक्त भनाई राखेका हुन्। संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन तुलनात्मक रुपमा अन्य प्रणाली भन्दा उन्नत रहेको भनाई खड्काको छ।

‘यो शासन प्रणालीको विकल्प नरहेको भन्दै उनले जिम्मेवारीमा बसेकाहरूले कामबाट, निर्णय, कार्यशैली, जीवनशैलीबाट आएका र देखिएका कमजोरीलाई समयमा नै सच्याउनुपर्छ,’ रक्षामन्त्री समेत रहेका खड्काले भने। अर्थतन्त्रमा देखिएका सबैखाले समस्या समाधानका लागि सरकार गम्भीर रहेको खड्काले बताए।

सरकारले चालेका कदमका कारण ब्याजदर घट्दो क्रममा रहेकाले लगानी बढ्ने अपेक्षा रहेको पनि उनले बताए। खड्काले बढ्दो आयात र घड््दो निर्यातका कारण देशको अर्थतन्त्र दबाबमा परिरहेको भनाई पनि राखे। 

प्रकाशित मिति: १५:१३ बजे, शुक्रबार, मंसिर १५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्