तीन महिनाभित्र सामाजिक सञ्जाल कम्पनी सूचीकरण गर्न निर्देशन

काठमाडौं, मंसिर १५ : सामाजिक सञ्जालसँग सम्बन्धित कम्पनीहरु नेपालमा दर्ता र सूचीकरण हुने प्रक्रिया अघि बढेको छ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सामाजिक सञ्जाल कम्पनीहरुलाई ‘सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने सम्बन्धी निर्देशिका, २०८०’ अनुसार सञ्चालनमा आउन निर्देशन दिएको छ। निर्देशनपछि हाल सञ्चालनमा रहेका सामाजिक सञ्जाल ‘प्लेटफर्म’ ले मसिंर १५ गतेको मितिले तीन महिनाभित्र मन्त्रालयमा सूचीकरण हुनुपर्नेछ।
निर्देशिका अनुुसार यस्ता कम्पनीहरुले सामाजिक सञ्जाल प्रयोगको सम्बन्धमा आएका गुनासो सम्बोधन गर्नका लागि नेपालभित्र सम्पर्क बिन्दुको व्यवस्था गर्नुपर्नेछ।
सञ्चार मन्त्रालयका अनुसार नेपालमा कार्यालय नभएका सामाजिक सञ्जाल ‘प्लेटफर्म’ कम्पनीले तीन महिनाभित्र कार्यालय स्थापना गर्ने वा सम्पर्क बिन्दु तोक्नुपर्ने हुन्छ। यदि तीन महिनाभित्र सूचीकरण नहुने सामाजिक सञ्जाल प्लेटफर्मलाई मन्त्रालयले नेपालभित्र सञ्चालनमा रोक लगाउन सक्नेछ।









![होल्डिङ सेन्टर जलमग्न, सुकुम्बासीको जनजीवन प्रभावित [तस्विरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_1cc3ec18-1783750652.jpg)

