Kathmandu Press

राष्ट्रियसभा निर्वाचनको कार्यतालिका सार्वजनिक

आयोगले शुक्रबार एक विज्ञप्ति जारी गर्दै निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो।
राष्ट्रियसभा निर्वाचनको कार्यतालिका सार्वजनिक

काठमाडौं, मंसिर १५ : निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ। सरकारले यसअघि माघ ११ गतेका लागि राष्ट्रिय सभा सदस्यको निर्वाचन गर्ने निर्णय गरेको थियो। 

आयोगले शुक्रबार एक विज्ञप्ति जारी गर्दै निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो। आयोगको विज्ञप्तिमा उल्लेख छ, ‘स्वीकृत कार्यतालिका अनुसार यही मंसिर २२ गते निर्वाचनमा भाग लिने राजनीतिक दल दर्ताका लागि सूचना प्रकाशन भई मंसिर २४ गतेदेखि  २९ गतेसम्म राजनीतिक दल दर्ता हुने कार्यक्रम रहेको छ।’ 

आयोगका अनुसार राजनीतिक दल दर्ता भएपश्चात पुस १ गते राजनीतिक दललाई निर्वाचन चिह्न प्रदान गरी पुस ४ गते स्वीकृत दलको नामावली नेपाल राजपत्रमा प्रकाशनार्थ पठाइने छ। स्वीकृत कार्यतालिका अनुसार पुस १६ गते निर्वाचन अधिकृतको नियुक्ति र सोही दिन सात वटै प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने कार्यक्रम रहेको छ। 

आगामी पुस २० गतेदेखि २९ गतेसम्म निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन कार्यक्रम सञ्चालन हुने छ। निर्वाचनको मिति माघ ११ गते बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म मतदानको कार्य सञ्चालन गर्ने आयोगको तयारी छ।

प्रकाशित मिति: १४:३१ बजे, शुक्रबार, मंसिर १५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्