Kathmandu Press

राष्ट्रपति पौडेलसँग ब्रायन इ सिहान टोलीको भेटवार्ता 

राष्ट्रपति भवन शितलनिवासमा शुक्रबार भएको भेटमा अध्यक्ष ब्रायनले जाजरकोटका भूकम्प प्रभावितहरूको लागि तत्कालै सहयोग गरेको र अब शिक्षा, स्वास्थ्य क्षेत्रमा भवनलगायतका संरचना निर्माणमा सहयोग गर्ने जानकारी राष्ट्रपतिलाई गराएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ।
राष्ट्रपति पौडेलसँग ब्रायन इ सिहान टोलीको भेटवार्ता 

काठमाडौं, मंसिर १५ : राष्ट्रपति रामचन्द्र पौडेलसँग लायन्स क्लब अन्तर्राष्ट्रिय फाउण्डेसनका चेयरपर्सन एवम् निवर्तमान अध्यक्ष ब्रायन इ सिहानसहितका लायन्स इन्टरनेशनलका पदाधिकारीहरूले भेट गरेका छन्। 

राष्ट्रपति भवन शितलनिवासमा शुक्रबार भएको भेटमा अध्यक्ष ब्रायनले जाजरकोटका भूकम्प प्रभावितहरूको लागि तत्कालै सहयोग गरेको र अब शिक्षा, स्वास्थ्य क्षेत्रमा भवनलगायतका संरचना निर्माणमा सहयोग गर्ने जानकारी राष्ट्रपतिलाई गराएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ।

राष्ट्रपति पौडेलले सो भेटमा लायन्सको मानवीय तथा नैतिक मूल्यसहितका सिद्धान्तबाट आफू प्रभावित भएको बताए।भूकम्प प्रभावितहरूको लागि लायन्सले गरेको सहयोगप्रति राष्ट्रपति पौडेलले धन्यवाद दिएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ। भेटमा दुईपक्षिय हितमा छलफल भएको छ। 
 
प्रकाशित मिति: १३:२७ बजे, शुक्रबार, मंसिर १५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्