Kathmandu Press

बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ 

जिल्लाको गोसाइँकुण्ड गाउँपालिका–५ सानो भार्खुमा आफ्नै बुबा ६५ वर्षीय छेवाङ तामाङको हत्या गरेको ४० वर्षीय गोपाल तामाङलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो। 
बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ 

काठमाडौं, मंसिर १५ : रसुवामा आफ्नै बाबुको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। 

जिल्लाको गोसाइँकुण्ड गाउँपालिका–५ सानो भार्खुमा आफ्नै बुबा ६५ वर्षीय छेवाङ तामाङको हत्या गरेको ४० वर्षीय गोपाल तामाङलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो। 

गोपालले मादक पदार्थ सेवन गरी चिर्पट प्रहार गर्दा छेवाङ गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी स्याफ्रुवेशीबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो। 

गम्भीर घाइते छेवाङको जिल्ला अस्पताल धुन्चेमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
 
प्रकाशित मिति: १३:२३ बजे, शुक्रबार, मंसिर १५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्