Kathmandu Press

घट्यो डिजेल–पेट्रोलको मूल्य

घट्यो डिजेल–पेट्रोलको मूल्य

काठमाडौं, मंसिर १५ : नेपाल आयल निगमले बिहीबार मध्यराति १ बजेदेखि लागू हुने गरी डिजेल, मट्टितेल र पेट्रोलको मूल्य घटाएको छ।

निगमले पेट्रोलमा प्रति लिटर २ रूपैयाँ र डिजेल तथा मट्टितेलमा प्रति लिटर ४ रूपैयाँ मूल्य घटाएको हो।

निगमले एलपी ग्यासको मूल्य भने घटाएको छैन । एलपी ग्यास प्रति सिलिन्डर १ हजार ८ सय ९५ रूपैयाँ नै कायम रहेको छ।

अब काठमाडौँ, पोखरा र दिपायल डिपोको १५ किलोमिटर क्षेत्रमा एक लिटर पेट्रोलका लागि १ सय ७० रूपैयाँ तिर्नुपर्ने छ।

त्यस्तै, विराटनगर, जनकपुर, नेपालगन्ज, धनगढी र वीरगन्ज डिपोको १५ किलोमिटर क्षेत्रमा पेट्रोलको १ सय ६७ रूपैयाँ ५० पैसा मूल्य पर्नेछ।

 

प्रकाशित मिति: ०८:४० बजे, शुक्रबार, मंसिर १५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्