Kathmandu Press

जलवायु परिवर्तन विश्वको साझा चुनौती : मन्त्री किराती

जलवायु परिवर्तन विश्वको साझा चुनौती : मन्त्री किराती

काठमाडौं, मंसिर १५ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मन्त्री सुदन किरातीले जलवायु परिवर्तन विश्वको साझा चुनौती भएको बताएका छन्।

राजधानीमा आयाेजित एक कार्यक्रममा उनले जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि अबको विकासको अवधारणा प्रकृतिमैत्री हुनुपर्ने बताए।

‘जलवायु परिवर्तन विश्वको साझा चुनौती भएको छ। यही गतिले परिवर्तन हुने हो भने केही सय वर्षपछि पृथ्वीमा मानिसहरु बाँच्ने छैन। अक्सिजनको अभावमा मर्ने छन्,’ उनले भने, ‘हामी राई, लिम्बुहरु प्रकृतीसँग प्रेम गर्छौ हाम्रो जस्तै संस्कृतिको आधारमा विकास निर्माण संसारमा भएको भए सायद आज प्रकृतिको यति ठूलो दोहन हुने थिएन, यति धेरै परिवर्तन हुने थिएन। अबको विकासको अवधारणा प्रकृति र संस्कृतिमैत्री हुनुपर्छ।’

बुधबार राति राष्ट्रसंघीय जलवायु सम्मेलनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल दुबई प्रस्थान गर्दा नेपाल एयरलाइन्सको उडान समय सरेर ३१ यात्रु छुटेका थिए। उक्त घटनाप्रति विभागीय मन्त्रीका नाताले किरातीले माफी माग्दै उनीहरुलाई सरकारले नै होटलमा राखी बिहीबार गन्तव्यमा पु¥याएको बताए।

 

प्रकाशित मिति: ०७:५२ बजे, शुक्रबार, मंसिर १५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्