मानव अधिकारमा महिनावारीलाई खोइ सम्बोधन ?
महिनावारी विभेद लैंगिकताका आधारमा हुने हिंसाको एउटा प्रमुख रूप भएको भन्दै यसले महिलाको जीवनमा सामाजिक, राजनितिक, आर्थिक, पारिस्थितिक परिमाणहरुको सामना गर्नुपरेको पनि उनको भनाइ छ।-1701354704.png)
काठमाडौं, मंसिर १५ : साहित्यकर्मी तथा सामाजिक अभियन्ता डाक्टर राधा पौडेलले संसारकै मानव अधिकारको विकासको इतिहासमा महिनावारी विभेदलाई सम्बोधन नगरिएको बताएकी छन्।
पाँचौं अन्तर्राष्ट्रिय महिनावारी दिवसको अवसरमा बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले अधिकार र नारीवादको इतिहासमा नै महिनावारीसँग जोडिएका सोच, अभ्यास, धारणाहरुलाई विश्लेषण र सम्बोधन गर्ने काम नभएको बताइन् ।
‘संसारकै मानव अधिकारको नारीवाद विकासको इतिहासमा यो महिनावारी विभेदलाई सम्बोधन गरिएको छैन,’ उनले भनिन्, ‘योसँग जोडिएका सोच, अभ्यास, धारणाहरुलाई विश्लेषण गर्ने र सम्बोधन गर्ने गरिएको छैन ।’
महिनावारीलाई लिएर गरिने विभेद, भेदभाव संसारभर नै भएको उल्लेख गर्दै यसले संविधानमा लेखिएको झण्डै एक दर्जन मौलिक अधिकारको हनन् भएको पनि उनले बताइन्। महिनावारी विभेद आफैंमा यौनिक र लैंगिक हिंसा भएको बताउँदै उनले यो मानव अधिकारको हनन् भएको बताइन्।
महिनावारी विभेद लैंगिकताका आधारमा हुने हिंसाको एउटा प्रमुख रूप भएको भन्दै यसले महिलाको जीवनमा सामाजिक, राजनितिक, आर्थिक, पारिस्थितिक परिमाणहरुको सामना गर्नुपरेको पनि उनको भनाइ छ।
‘विश्वभरी महिनावारीका कारण महिलाहरु विभेदमा पर्ने गरेका छन् । महिनावारी विभेद लैंगिकताका आधारमा हुने हिंसाको एउटा प्रमुख रूप हो,’ उनले भनिन्, ‘महिनावारी भएकाहरुले आफ्नो जीवन चक्रमा तत्काल र दीर्घकालीन रूपमा विभिन्न प्रकारका सामाजिक, राजनितिक, आर्थिक, पारिस्थितिक परिमाणहरुको सामना गरिरहेका छन्।’
विगत पाँच वर्षदेखि नेपालमा पनि लैंगिक हिंसाविरुद्धको अभियानसँगै ‘मर्यादित महिनावारी दिवस’ पनि मनान थालिएको छ। हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभरी उक्त अभियान सञ्चालन गर्ने गरिन्छ।
२०१९ बाट डिसेम्बर ८ मा मनाउन थालिएको अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवसले विश्वव्यापी रुपमा मान्यता प्राप्त गरिसकेको छ। यसपटक पनि नेपालसहित विश्वका ६० भन्दा बढी देशमा लैंगिक हिंसा र बालविवाह अन्त्यका लागि मर्यादित महिनावारी भन्ने नाराका साथ पांचौ मर्यादित महिनावारी दिवस मनाइँदै छ।
नेपालमा दक्षिण गोलार्दीय मर्यादित महिनावारी सञ्जाल, राधा पौडेल फाउण्डेसनले प्लान इन्टरनेशनल नेपालको सहकार्यमा डिसेम्बर ८ मा विशेष कार्यक्रमसहित यो दिवस मनाउँदै छ।
समाजले महिनावारीलाई हेर्ने र दृष्टिकोण बदल्न र मर्यादित महिनाबारीको विषयमा जनचेतना जगाउदै सकारात्मक परिवर्तन प्रवर्धन गर्न यो दिवस मनाउन लागिएको हो। नेपालमा मनाइने दिवसको कार्यक्रममा विश्वभरीका १५ भन्दाबढी देशका प्रतिनिधिको भर्चुअल रुपमा सहभागिता रहने जनाइएको छ।









![होल्डिङ सेन्टर जलमग्न, सुकुम्बासीको जनजीवन प्रभावित [तस्विरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_1cc3ec18-1783750652.jpg)

