Kathmandu Press

मकवानपुरमा मोटरसाइकल दुर्घटना, एकै परिवारका ३ जनाको मृत्यु

दुर्घटनामा मृत्यु हुनेमा मकवानपुरगढी–२ कुर्ले पाखाका भीमबहादुर स्याङ्तान, उनकी पत्नी रुपा र छोरी छन्।
मकवानपुरमा मोटरसाइकल दुर्घटना, एकै परिवारका ३ जनाको मृत्यु

मकवानरपुर, मंसिर १४ : मकवानपुरगढी गाउँपालिका–२ धुवाडीपुल नजिक बिहीबार मोटरसाइकल दुर्घटना हुँदा एकै परिवारका ३ जनाको मृत्यु भएको छ।

सुकौराबाट कान्तिलोकपथतर्फ आउँदै गरेको प्रदेश ३–०२–०१२ प ६९११ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पुल छेउबाट करिब १२ मिटर तल खसेको प्रहरीले जनाएको छ।

दुर्घटनामा मृत्यु हुनेमा मकवानपुरगढी–२ कुर्ले पाखाका भीमबहादुर स्याङ्तान, उनकी पत्नी रुपा र छोरी छन्।

रुपा र उनकी छोरी करिब ७ महिनाकी शिशुको घटनास्थलमा मृत्यु भएको थियो भने भीमबहादृुरको उपचार गर्न लैजाने क्रममा बाटोमा निधन भएको थियो।

दुर्घटनामा सख्त घाइते भएका मोटरसाइकल चालक भीमबहादुरलाई हेटौंडा अस्पतालमा सामान्य उपचारपश्चात् चितवनतर्फ लाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १८:२० बजे, बिहीबार, मंसिर १४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्