प्रधानमन्त्री दाहाल अबुधाबीस्थित नेपाली दूतावासमा (तस्बिरहरू)
प्रधानमन्त्रीले युएईमा रहेका नेपालीको हितमा दूतावासले गरेका कामबारे जानकारी लिँदै सेवाप्रवाहलाई अझ प्रभावकारी बनाउन निर्देशन दिएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।-1701343994.jpg)
काठमाडौं, मंसिर १४ : जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन कोप– २८ मा सहभागी हुन संयुक्त अरब इमिरेट्स (युएई) पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अबुधाबीस्थित नेपाली राजदूतावासको निरीक्षण गरेका छन्।
त्यस अवसरमा प्रधानमन्त्रीले युएईमा रहेका नेपालीको हितमा दूतावासले गरेका कामबारे जानकारी लिँदै सेवाप्रवाहलाई अझ प्रभावकारी बनाउन निर्देशन दिएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।
प्रधानमन्त्रीलाई युएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीले स्वागत गर्नुका साथै दूतावासका गतिविधिबारे जानकारी दिनुभएको थियो। कोप २८ मा भाग लिन प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डल आज बिहान युएई पुगेको हो।
प्रकाशित मिति: १७:२४ बजे, बिहीबार, मंसिर १४, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![होल्डिङ सेन्टर जलमग्न, सुकुम्बासीको जनजीवन प्रभावित [तस्विरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_1cc3ec18-1783750652.jpg)

