हात्तीको आक्रमणबाट युवकको मृत्यु

विराटनगर, मंसिर १४ : सुनसरीको इटहरीमा जंगली हात्तीको आक्रमणमा परी एकजना युवकको मृत्यु भएको छ।
इटहरी उपमहानगरपालिका–२ शान्तिझोडामा जंगली हात्तीको आक्रमणबाट स्थानीय २५ वर्षीय रबिन खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ। घर नजिकै जंगली हात्ती घुमिरहेको देखिएपछि स्थानीय बासिन्दा धपाउन भेला भएका थिए।
प्रहरीका अनुसार त्यही क्रममा खड्का पनि सहभागी भएका थिए। भगाउने क्रममा उनलाई हात्तीले कुल्चिएको थियो। मृतक खड्काको शव परीक्षणका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १६:३२ बजे, बिहीबार, मंसिर १४, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![होल्डिङ सेन्टर जलमग्न, सुकुम्बासीको जनजीवन प्रभावित [तस्विरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_1cc3ec18-1783750652.jpg)

