सर्वसुलभ न्यायका लागि श्रव्यदृष्यबाट मुद्दाको सुनुवाइ : प्रधानन्यायाधीश
आज उच्च अदालतका इजलासहरू जुम्ला, महेन्द्रनगर, धनकुटा र हेटौडामा श्रव्यदृष्यमार्फत् मुद्दाको सुनुवाइ शुभारम्भ कार्यक्रममा उनले सबैको सर्वसुलभ तरिकाले न्याय दिन यो तरिका अपनाएको जानकारी दिँदै यसले कानुन व्यवसाय, अदालत र मुद्दाका पक्ष गरी तीनै पक्षलाई प्रविधिमार्फत सहयोग गर्ने बताए।
काठमाडौं, मंसिर १४ : प्रधानन्यायधीश विश्वभरप्रसाद श्रेष्ठले सरल न्याय प्रदान गर्ने उद्देश्यका साथ श्रव्यदृष्यमार्फत मुद्दाको सुनुवाइको कार्य सुरुवात गरेको बताएका छन्।
आज उच्च अदालतका इजलासहरू जुम्ला, महेन्द्रनगर, धनकुटा र हेटौडामा श्रव्यदृष्यमार्फत् मुद्दाको सुनुवाइ शुभारम्भ कार्यक्रममा उनले सबैको सर्वसुलभ तरिकाले न्याय दिन यो तरिका अपनाएको जानकारी दिँदै यसले कानुन व्यवसाय, अदालत र मुद्दाका पक्ष गरी तीनै पक्षलाई प्रविधिमार्फत सहयोग गर्ने बताए।
उनले भने, ‘श्रव्यदृष्यमार्फत मुद्दाको सुनुवाइ यो एउटा नयाँ सुरुवात हो। हामीले यसबाट बयान र बकपत्र पनि गराएका छौं। सरल रुपले न्याय प्रदान गर्नका लागि, प्रमाण संकलनका लागि यो व्यवस्था सरल तरिका भएको छ। न्यायमा सबैको पहुँच पुर्याउन र सर्वसुलभ तरिकाले न्याय प्रदान गर्नका लागि यो तरिका अपनाएका छौं। यो कार्यक्रम निरन्तर अगाडि बढ्छ।’
यस्तै, उनले यस प्रविधिमार्फत् कानूनको दायरामा बसेर काम हुने अदालत आउन नपर्ने, समयको बचतको साथै काम पनि सहज हुने बताए।

![होल्डिङ सेन्टर जलमग्न, सुकुम्बासीको जनजीवन प्रभावित [तस्विरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_1cc3ec18-1783750652.jpg)