Kathmandu Press

नक्कली भुटानी शरणार्थी प्रकरणमा खाणतर्फको जवाफी बहस सकियो 

खाणका तर्फबाट उच्च अदालत पाटनमा पूर्व महान्यायाधिवक्ता समेत रहेका वरिष्ठ अधिवक्ता खम्बहादुर खातीले बहस गरेका थिए। खातीले खाण मुलुक छाडेर कतै जान नसक्ने अबस्था दर्शाउँदै थुना बाहिरै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने तर्क गरे।
नक्कली भुटानी शरणार्थी प्रकरणमा खाणतर्फको जवाफी बहस सकियो 

काठमाडौं, कात्तिक १४ : नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रतिवादी रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाणको तर्फबाट जवाफी बहस सकिएको छ। 

खाणका तर्फबाट उच्च अदालत पाटनमा पूर्व महान्यायाधिवक्ता समेत रहेका वरिष्ठ अधिवक्ता खम्बहादुर खातीले बहस गरेका थिए। खातीले खाण मुलुक छाडेर कतै जान नसक्ने अबस्था दर्शाउँदै थुना बाहिरै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने तर्क गरे।

बाँकी कानुन व्यवासायीहरुले खाजा ब्रेकपछि जवाफी बहस गर्नेछन्। खाजा समयपछि प्रतिबादीका तर्फबाट तीन जना कानुन व्ययवसायीले जवाफी बहस गरेपछि सबै प्रतिबादीको सुनुवाई सकिने छ। जबाफी वहश सकिएपछि विहीबारै वा शुक्रबार प्रतिबादीलाई थुनामा राख्ने जिल्ला अदालतको आदेश सदर वा बदर के गर्ने भनेर आदेशको टुंगो लाग्ने छ।

सरकारी वकिलले भने मुद्दाको गाम्भिर्यता हेरी सबै प्रतिवादीहरुलाई थुनामै राखेर अनुसन्धान गर्नुपर्ने जिकिर गरेका थिए । नक्कली भुटानी शरणार्थी प्रकरणमा खाण, पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, सचिव टेकनारायण पाण्डे सहित ३० जनालाई प्रतिवादी कायम गर्दै मुद्दा दायर भएको थियो।

जिल्ला अदालतले थुनामा पठाउने आदेश दिएपछि प्रतिबादीले उच्चमा निवेदन दिएका थिए। उक्त मुद्दा उच्च अदालतका न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासमा निरन्तर हेर्दा हेर्दैमा राखेर सुनुवाइ भइरहेको छ।
 
प्रकाशित मिति: १४:३७ बजे, बिहीबार, मंसिर १४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्