Kathmandu Press

भूकम्पपिडितका लागि अस्थायी आवासको काममा सरकार गम्भीर : गृहमन्त्री श्रेष्ठ

सिंहदरबारमा बिहीबार बसेको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा उहाले आवास निर्माणका लागि ५० हजार दिने कामलाई प्रभावकारी बनाएको र स्थानीय तहले आवश्यक सहजीकरण गरिरहेको बताएका हुन्।
भूकम्पपिडितका लागि अस्थायी आवासको काममा सरकार गम्भीर : गृहमन्त्री श्रेष्ठ

काठमाडौं, मंसिर १४ : उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्प पिडितका लागि अस्थायी आवासको काममा सरकार गम्भीर भएर लागेको बताएका छन्।

सिंहदरबारमा बिहीबार बसेको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा उनले आवास निर्माणका लागि ५० हजार दिने कामलाई प्रभावकारी बनाएको र स्थानीय तहले आवश्यक सहजीकरण गरिरहेको बताएका हुन्। अस्थायी आवासका लागि पहिलो किस्ता लिएर घर बनाउन सुरु गर्नेलाई तत्कालै अर्को किस्ता दिने व्यवस्था गरिएको उनले जानकारी दिए।

भूकम्पपिडित सवैलाई अस्थायी आवास र पूननिर्माणलाई स्थानीय तहको सिफारिसमा काम गर्ने गरि सरकारले योजना बनाएको उनको भनाइ छ। एउटै घरभित्र रहेका दुईतिनवटा परिवारलाई अस्थायी आवासको फरक फरक सुविधा दिन नसकिने भन्दै उनले पूननिर्माणका समयमा भने आवश्यक छलफल गर्न सकिने जिकिर गरे। त्यस्तै भूकम्पपिडित सुकुम्वासीको हकमा अस्थायी आवासको सुविधा दिईहाल्ने नीति रहेको उहाले जानकारी दिए। 

जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्प कारण जाजरकोटमा १०१ जना र रुकुम पश्चिममा ५३ जना गरि १५४ जनाको मृत्यु भएको थियो भने ३६६ जना घाइते भएका थिए। भूकम्पका कारण जाजरकोटमा पूर्णक्षति भएको घरको संख्या ९,७९४ हजार र आंशिक क्षति भएको घरको संख्या २४ हजार रहेको गृहमन्त्रालयले जनाएको छ। त्यस्तै रुकुम पश्चिममा १६ हजार ५ सय ७० घर पूर्ण रुपमा क्षति भएको छ।

प्रकाशित मिति: १३:२६ बजे, बिहीबार, मंसिर १४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्