Kathmandu Press

भूकम्प पीडितका समस्याबारे संसदीय समितिले गृहमन्त्रीसँग छलफल गर्ने

भूकम्प पीडितका समस्याबारे संसदीय समितिले गृहमन्त्रीसँग छलफल गर्ने

काठमाडौं, मंसिर १४ : संघीय संसदका दुई समितिको आज बैठक बस्दै छ।  

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति तथा राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछन्।

बैठकमा राष्ट्रिय सरोकार तथा समन्वय समितिले जाजरकोट, रुकुम पश्चिम सहितका जिल्लाहरुमा भूकम्पबाट भएको जनधनको क्षति, भूकम्प प्रभावित व्यक्तिहरुको उद्वार, घाइतेहरुको उपचार, पीडितहरुलाई उचित राहत, पुर्नस्थापना र क्षति भएका भौतिक संरचनाहरुको पुनर्निर्माणको सम्बन्धमा त्यहाँ देखिएका समस्याहरुबारे उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग छलफल गर्ने कार्यसूची छ।

यस्तै, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले समितिका आगामी कार्ययोजनाको सम्बन्धमा आजको बैठकमा छलफल गर्ने जनाएको छ।

 

प्रकाशित मिति: १०:४८ बजे, बिहीबार, मंसिर १४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्