स्वार्णिम वाग्ले बने रास्वपाको उपसभापति
महोत्तरीको जलेश्वमार जारी बैठकले वाग्लेलाई उपसभापति बनाएको छ।
काठमाडौं, मंसिर १३ : सांसद स्वर्णिम वाग्ले राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापति बनेका छन्। महोत्तरीको जलेश्वमार जारी बैठकले वाग्लेलाई उपसभापति बनाएको छ।
उनी गत उपनिवार्चनमा तनहु क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। उपनिर्वाचनमा कांग्रेसले टिकट नदिएपछि रुष्ट बनेका उनी रास्वपा प्रवेश गरेका थिए।
अब रास्वपामा वाग्ले र डिपी अर्याल गरी दुई उपसभापति रहनेछन्। बैठकले सहमहामन्त्रीमा कविन्द्र बुर्लाकोटी, सुमना श्रेष्ठ र विपिन आचार्य चयन गरेको छ।
संसदीय दलको उपनेतामा विराजभक्त श्रेष्ठलाई निरन्तरता दिँदा कोषाध्यक्ष लिमा अधिकारी, सह–कोषाध्यक्ष वसुमाया तामाङ र दीपक बोहरालाई चनय गरेको छ।
महामन्त्रीमा मुकुल ढकाल र प्रतिनिधिसभा प्रमुख सचेतकमा सन्तोष परियारले निरन्तरता पाउँदा सहप्रवक्तामा मनिष झा, प्रतिभा रावल, रमेश प्रसाई चुनिएका छन्।
प्रकाशित मिति: १९:१६ बजे, बुधबार, मंसिर १३, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![होल्डिङ सेन्टर जलमग्न, सुकुम्बासीको जनजीवन प्रभावित [तस्विरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_1cc3ec18-1783750652.jpg)

