Kathmandu Press

फरार रहेका १५ प्रतिवादी पक्राउ

फरार प्रतिबादीहरुको खोजी तथा पक्राउ अभियानअन्तर्गत मोरङ जिल्ला अदालतको विभिन्न मितिको फैसलाबाट दोषी ठहर भएकाहरुलाई प्रहरीले पक्राउ गरेको हो।
फरार रहेका १५ प्रतिवादी पक्राउ

मोरङ, मंसिर १३ : विभिन्न मुद्दामा अदालतबाट सजाय तोकिएका तर फरार रहेका १५ जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय मोरङ तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले मंगलबार र बुधबार गरी दुई दिनमा १५ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको हो।

फरार प्रतिबादीहरुको खोजी तथा पक्राउ अभियानअन्तर्गत मोरङ जिल्ला अदालतको विभिन्न मितिको फैसलाबाट दोषी ठहर भएकाहरुलाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा चोरी, वन पैदावार ओसार पसार, केही सार्वजनिक अपराध, चलन हटक र लुटपिट कसुरमा दोषी ठहर भई फरार रहेकाहरुलाई पक्राउ गरिएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।

उनीहरुलाई इलाका प्रहरी कार्यालय बेलबारी, रानी र प्रहरी चौकी कटहरीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी मोरङ जिल्ला अदालतमा पेश गरेको प्रहरीले जनाएको छ।

 

प्रकाशित मिति: १८:३३ बजे, बुधबार, मंसिर १३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्