जसपाले तीन महिने अभियानलाई निरन्तरता दिने
विधान अधिवेशनबाट नयाँ विधान ल्याइसकेपछि सोहीअनुसार पार्टी पुनःगठन गर्न जसपाले तीन महिने अभियान सञ्चालन गरेको थियो।
काठमाडौं, मंसिर १३ : जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीको तीन महिने अभियानलाई निरन्तरता दिने भएको छ। उक्त अभियान गत कात्तिकमा सकिए पनि त्यसलाई पुनः निरन्तरता दिने भएको हो।
औपचारिक रुपमा अभियानको समय नथपिए पनि अनौपचारिक रुपमा अभियानलाई निरन्तरता दिइने पार्टीका केन्द्रीय प्रचारप्रसार तथा प्रकासन विभाग प्रमुख पूर्ण बस्नेतले बताए।
‘पार्टी अध्यक्ष उपेन्द्र यादव काठमाडौँ बाहिर रहेकाले बैठक तय भएको छैन। उहाँ काठमाडौँ फर्केपछि बैठक बसेर अभियानको म्याद थपिने छ,’ उनले भने।
विधान अधिवेशनबाट नयाँ विधान ल्याइसकेपछि सोहीअनुसार पार्टी पुनःगठन गर्न जसपाले तीन महिने अभियान सञ्चालन गरेको थियो।
अभियानबाट प्रदेश र राष्ट्रिय समिति तथा केही जिल्ला र पालिका समिति पुनःगठन गरेको केन्द्रीय प्रचारप्रसार तथा प्रकासन विभाग प्रमुख बस्नेतले बताए। उजका अनुसार मधेश प्रदेशबाहेक अन्य छ वटै प्रदेश समिति र राष्ट्रिय समिति पुनःगठन भइसकेका छन्।
कार्यकारिणी समितिको बैठक बसेर अभियानको म्याद थपेपछि सङगठनको गठन तथा पुनःगठनलाई थप तीव्रता दिइने पार्टीले जनाएको छ।










![होल्डिङ सेन्टर जलमग्न, सुकुम्बासीको जनजीवन प्रभावित [तस्विरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_1cc3ec18-1783750652.jpg)
