Kathmandu Press

रास्वपाको दस्तावेज– शान्तिपूर्ण मार्गबाट समाजवादका प्रधान लक्ष्य प्राप्ति

ककल्याणकारी राज्यको सुनिश्चितताका लागि सार्वजनिक, निजी र सामुदायिक स्रोत– साधनको दिगो परिचालन गर्दै उद्यममैत्री, लगानी– अनुकूल प्रतिस्पर्धात्मक सामाजिक बजार अर्थतन्त्रको स्वतन्त्रता जस्तो लक्ष लिइएको छ।
रास्वपाको दस्तावेज– शान्तिपूर्ण मार्गबाट समाजवादका प्रधान लक्ष्य प्राप्ति

काठमाडा, मंसिर १३ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राजनीतिक दस्तावेजको प्रस्तावनामा शान्तिपूर्ण मार्गबाट समाजवादका प्रधान लक्ष्यहरु प्राप्त गर्ने सिद्धान्तमा प्रतिबद्धता जनाएको छ।

रास्वपाको सोमबारदेखि महोत्तरीको जलेश्वरमा बसेको केन्द्रीय र संसदीय दलको बैठकले उक्त प्रस्तावना पारित गरेको हो। उक्त प्रस्तावनामा शान्तिपूर्ण मार्गबाट समाजवादका प्रधान लक्ष्यहरु प्राप्त गर्ने निर्देशक सिद्धान्त तय गरिएको छ।

प्रस्तावनामा राष्ट्रिय नीति तथा कार्यक्रमका आधारमा राज्य सञ्चालनको अठोटलाई संवैधानिक समाजवादका रुपमा व्याख्या गर्दै अप्रिय ऐतिहासिक विरासतका रुपमा विद्यमान लैङ्गिक, जातीय, वर्गीय, क्षेत्रीय लगायत सबै प्रकारका संरचनात्मक विभेदहरुविरुद्ध निर्णायक सम्बोधन गर्न अवसरहरुको न्यायिक वितरण, पहुँच र उपयोगमा जोड दिइने उल्लेख छ।

यस्तै, दस्तावेजमा पूर्ण लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली अपनाइने भनिएको छ। लोककल्याणकारी राज्यको सुनिश्चितताका लागि सार्वजनिक, निजी र सामुदायिक स्रोत– साधनको दिगो परिचालन गर्दै उद्यममैत्री, लगानी– अनुकूल प्रतिस्पर्धात्मक सामाजिक बजार अर्थतन्त्रको स्वतन्त्रता जस्तो लक्ष लिइएको छ।

यसैगरी रास्वपा सामाजिक न्यायसहितको उदार अर्थतन्त्रमा विश्वास गर्ने बहुलवादी लोकतान्त्रिक पार्टी रहने प्रतिबद्धता पनि छ। रास्वपा बैठकले पूर्ण दस्तावेज पारित नगरी प्रस्तावना मात्रै पारित गरेको जनाइएको छ ।

 

प्रकाशित मिति: १६:५६ बजे, बुधबार, मंसिर १३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्