Kathmandu Press

विपिन जोशीको रिहाइको पहल गर्न परराष्ट्रमन्त्री साउद कतार जाने

इजरायलमा प्यालेस्टाइनी समूह हमासको नियन्त्रणमा रहेका भनिएका कञ्चनपुरका विपिन जोशीको रिहाइको पहल गर्न उनी मंसिर २३ गते त्यसतर्फ जाने भएका हुन्।
विपिन जोशीको रिहाइको पहल गर्न परराष्ट्रमन्त्री साउद कतार जाने

काठमाडौं, मंसिर १३ : परराष्ट्रमन्त्री नारायणप्रकाश साउद (एनपी) कतार भ्रमणमा जाने भएका छन्।

इजरायलमा प्यालेस्टाइनी समूह हमासको नियन्त्रणमा रहेका भनिएका कञ्चनपुरका विपिन जोशीको रिहाइको पहल गर्न उनी मंसिर २३ गते त्यसतर्फ जाने भएका हुन्।

यसअघि परराष्ट्र मन्त्री साउदले विपिन जोशीको रिहाइको लागि पहल गरिदिन कतारका विदेश राज्यमन्त्रीसँग आग्रह गरेका थिए। विपिन जोशी पढ्दै–कमाउँदै कार्यक्रममार्फत इजरायल पुगेका थिए।

गत अक्टोवर ७ मा प्यालेस्टाइनी समूह हमासको आक्रमणमा परि १० जना नेपाली विद्यार्थी मारिएका थिए। आक्रमणमा परी ६ जना घाइते हुँदा एक जना सम्पर्कवीहिन भएका थिए।

प्रकाशित मिति: १६:४१ बजे, बुधबार, मंसिर १३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्