नक्कली शरणार्थी प्रकरणमा सरकारी वकीलको बहस सुरु
पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका नेता टोपबहादुर रायमाझी, रामशरण केसी, केशव तुलाधर र सागर राईको तर्फबाट प्रतिरक्षा बहस सकिएलगत्तै सरकारी वकीलको बहश सुरु भएको हो।
काठमाडौं, मंसिर १३ : नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा प्रतिवादीविरुद्ध सरकारी वकीलको बहस सुरु भएको छ।
उच्च अदालत पाटनमा सह न्यायाधिवक्ता शंकर खत्रीको नेतृत्वमा पाँच जना सरकारी वकिलहरुले बहस गर्दैछन्।
पूर्व उपप्रधानमन्त्री तथा नेकपा एमालेका नेता टोपबहादुर रायमाझी, रामशरण केसी, केशव तुलाधर र सागर राईको तर्फबाट प्रतिरक्षा बहस सकिएलगत्तै सरकारी वकीलको बहश सुरु भएको हो।
सरकारी वकिलको बहस सकिएपछि प्रतिवादीका कानुन व्यवसायीले जवाफी बहस गर्ने छन्। जिल्ला अदालतको थुना आदेश बदर गर्ने वा सदर गर्ने भनेर बुधबार निर्णय दिने तयारी छ।
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने नाममा करोडौं रुपैयाँ ठगी गरेको अभियोगमा पूर्वउपप्रधानमन्त्री रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, सचिव टेक नारायण पाण्डेसहितलाई पक्राउ गरेर मुद्दा चलाइएको थियो।
काठमाडौं जिल्ला अदालतले गत असार १ गते पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि उनीहरु धरौटी तारेखमा छुट्न पाउनुपर्ने मागसहित उच्च अदालत पुगेका थिए।










![होल्डिङ सेन्टर जलमग्न, सुकुम्बासीको जनजीवन प्रभावित [तस्विरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_1cc3ec18-1783750652.jpg)
