Kathmandu Press

रास्वपाका सबै सांसद केन्द्रीय सदस्य

महोत्तरीको जलेश्वरमा बुधबार बसेको रास्वपाको संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकले १५ जना सांसदलाई केन्द्रीय सदस्यमा मनोनित गर्ने निर्णय गरेको हो।
रास्वपाका सबै सांसद केन्द्रीय सदस्य

काठमाडौं, मंसिर १३ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सबै सांसद पार्टीको केन्द्रीय सदस्य भएका छन्।

महोत्तरीको जलेश्वरमा बुधबार बसेको रास्वपाको संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकले १५ जना सांसदलाई केन्द्रीय सदस्यमा मनोनित गर्ने निर्णय गरेको हो।

पार्टीका छ जना सांसद यसअघि नै केन्द्रिय सदस्य थिए। यो निर्णयपछि पार्टीमा केन्द्रीय सदस्यको संख्या ५४ पुगेको छ।

केन्द्रीय सदस्यमा मनोनीत हुनेहरूमा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ, प्रमुख सचेतक सन्तोष परियार, सचेतक निशा डाँगी, सांसद डा.तोसिमा कार्की, मनिष झा, शिशिर खनाल, डा.स्वर्णिम वाग्ले, हरि ढकाल, डा चन्दा कार्की (भण्डारी), लक्ष्मी तिवारी, असीम शाह, शिव नेपाली अशोक कुमार चौधरी र विनीता कठायत छन्।

अहिलेसम्म सांसद रहेका सभापति रवि लामिछाने, उपसभापति डोलप्रसाद अर्याल, सोविता गौतम, सुमना श्रेष्ठ, गणेश पराजुली र विन्दवासिनी कंसाकार गरी ६ जना मात्र केन्द्रीय सदस्य थिए ।

बैठकमा पार्टीको पदाधिकारी चयन र महाधिवेशनको प्रक्रियाबारे छलफल भएको बताइएकाे छ।

 

प्रकाशित मिति: १४:५४ बजे, बुधबार, मंसिर १३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्