Kathmandu Press

सैनिक विशेष अदालतको अध्यक्षमा पौडेल नियुक्त

उच्च अदालत पाटनका न्यायाधीश लेखनाथ पौडेललाई सैनिक विशेष अदालतको कामकाजसमेत गर्ने गरी अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।
सैनिक विशेष अदालतको अध्यक्षमा पौडेल नियुक्त

काठमाडौं, मंसिर १३ : सैनिक विशेष अदालतको अध्यक्षमा लेखनाथ पौडेललाई नियुक्त भएका छन्।

बुधबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले उच्च अदालत पाटनका न्यायाधीश लेखनाथ पौडेललाई सैनिक विशेष अदालतको कामकाजसमेत गर्ने गरी अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।

सैनिक विशेष अदालतको सदस्यमा नेपाली सेनाको प्राड विवाक प्रमुख र रक्षा मन्त्रालयका सचिव हुन्छन्।

यस्तै नेपाल इन्जिनियरिङ सेवातर्फ रिक्त रहेको सचिवमा श्वेता दवाडीलाई बढुवा गर्ने निर्णय भएको उनले बताए।

प्रकाशित मिति: १३:३३ बजे, बुधबार, मंसिर १३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्