भूकम्प पीडितको अस्थायी आवास निर्माण गर्न सेना–प्रहरी खटाउने मन्त्रिपरिषद्को निर्णय
जिल्ला सुरक्षा समितिको सिफारिसमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई खटाउने निर्णय मन्त्रिपरिषदले गरेको प्रवक्ता रेखा शर्माले जनाकारी दिइन्।
काठमाडौं, मंसिर १३ : जाजरकोट भूकम्प पीडितका अस्थायी आवास निर्माण गर्न सेना र प्रहरी खटाउने निर्णय सरकारले गरेको छ।
सिंहदरबारमा बुधबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले भूकम्प पीडितका आवास निर्माणका लागि सुरक्षाकर्मीलाई खटाउने निर्णय गरेको हो।
जिल्ला सुरक्षा समितिको सिफारिसमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई खटाउने निर्णय मन्त्रिपरिषदले गरेको प्रवक्ता रेखा शर्माले जनाकारी दिइन्।
भूकम्पपीडितका लागि अस्थायी आवसा निर्माणमा समस्या भएको समाचार आएपछि प्रभावित जिल्लाका प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा जिल्ला सुरक्षा समिति बनाइएको र त्यसैको सिफारिसमा सुरक्षाकर्मी परियचालन गरिने उनले बताइन्।
जिल्लामा जनशक्ति अपुग भएमा प्रमुख जिल्ला अधिकारीको मागको आधारमा थप जनशक्ति उपलब्ध गराउने निर्णयसमेत मन्त्रिपरिषद्ले गरेको छ।
प्रकाशित मिति: ११:५१ बजे, बुधबार, मंसिर १३, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![होल्डिङ सेन्टर जलमग्न, सुकुम्बासीको जनजीवन प्रभावित [तस्विरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_1cc3ec18-1783750652.jpg)
