Kathmandu Press

राष्ट्रिय सभा निर्वाचन माघ ११ गते हुने

निर्वाचन आयोगको परामर्शअनुसार निर्वाचनको मिति तोकिएको सरकारको प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन्।
राष्ट्रिय सभा निर्वाचन माघ ११ गते हुने

काठमाडौं, मंसिर १३ : राष्ट्रिय सभाको निर्वाचन माघ ११ गते हुने भएको छ। बुधबार बिहान सिंहदरबारमा बसेको बैठकले माघ ११ गते राष्ट्रिय सभा निर्वाचन गर्ने निर्णय गरेको हो।

निर्वाचन आयोगको परामर्शअनुसार निर्वाचनको मिति तोकिएको सरकारको प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन्।

आगामी फागुन २० गते राष्ट्रिय सभाका एक तिहाइ सदस्यको पदावधि सकिँदैछ। त्यसको ३५ दिन अगावै निर्वाचन गर्नुपर्ने कानुनी व्यवस्था छ। सोही अनुसार मन्त्रिपरिषद्ले निर्वाचनको मिति घोषणा गरेको हो।

प्रकाशित मिति: ११:३० बजे, बुधबार, मंसिर १३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्