Kathmandu Press

देउवा निवासमा कांग्रेसको वर्तमान र पूर्वपदाधिकारी बैठक बस्दै

आज दिउँसो १ बजे आफ्नै निवासमा बस्ने बैठकमा सभापति देउवाले वर्तमान र पूर्व पदाधिकारीहरुसँग राष्ट्रिय राजनीतिको ताजा अवस्थाका बारेमा छलफल गर्ने भएका हुन्।
देउवा निवासमा कांग्रेसको वर्तमान र पूर्वपदाधिकारी बैठक बस्दै

काठमाडौं, मंसिर १३ : नेपाली कांग्रेसले ताजा राजनीतिक परिस्थितिका बारेमा संगठनभित्र छलफल सुरु गर्ने भएको छ।

सभापति शेरबहादुर देउवाले चितवनको कार्यक्रममा सहभागी भएर राजधानी फर्किएपछि निकटस्थ नेताहरुसँग परामर्श गरेका थिए। त्यसपछि पार्टीका पदाधिकारी पूर्व पदाधिकारीलाई छलफलका लागि बोलाएका छन्।

आज दिउँसो १ बजे आफ्नै निवासमा बस्ने बैठकमा सभापति देउवाले वर्तमान र पूर्व पदाधिकारीहरुसँग राष्ट्रिय राजनीतिको ताजा अवस्थाका बारेमा छलफल गर्ने भएका हुन्।

गणतन्त्रको विकल्प खोज्दै विरोध प्रदर्शन भएका सन्दर्भमा सभापति देउवाले गणतन्त्रको विकल्प नरहेको बताउँदै राजसंस्था पुनस्र्थापनाको सम्भावना छैन भनेर चितवनमा भनिसकेका छन्।

नेपाली कांग्रेसको नियमित महासमिति बैठक पटक पटक सर्दै आएकोमा पार्टीभित्र आलोचना खेपिरहेका सभापति देउवाले आगामी पुसमा महासमिति बैठक बोलाएका छन्। महासमिति बैठक आगामी पुस १६ देखि १९ सम्म काठमाडौंमा हुने भएको छ। बैठकमा यसबारेमा वृहत छलफल हुने भएको छ।

महासमिति बैठकको तयारी र विभाग गठनका विषयमा छलफल गर्न सभापति देउवाले पदाधिकारी बैठक बोलाएको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बताए ।

प्रकाशित मिति: १०:४१ बजे, बुधबार, मंसिर १३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्