Kathmandu Press

मन्त्रिपरिषद्को बैठक जारी

नियमित रुपमा हिजो नै बस्नुपर्ने बैठक आज बिहान केही ढिलो गरी बसेको छ।
मन्त्रिपरिषद्को बैठक जारी

काठमाडौं, मंसिर १३ : मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरु भएको छ। नियमित रुपमा हिजो नै बस्नुपर्ने बैठक आज बिहान केही ढिलो गरी बसेको छ।

प्रधानमन्त्री दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार बैठक दाहालको युएई भ्रमणमा केन्द्रीत हुने छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल यूएई जानुअघि मन्त्रिपरिषदको बैठक आज बसेको हो।

प्रधानमन्त्री दाहाल नेतृत्वको टोली जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको २८ औँ सम्मेलन (कोप–२८) मा भाग लिन बुधबार राति यूएई जाने कार्यतालिका रहेको छन् ।

 

प्रकाशित मिति: ०९:५३ बजे, बुधबार, मंसिर १३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्