धरानबाट पोखरा जाँदै गरेको बस दुर्घटना, २ जनाको मृत्यु, ३४ जना घाइते
मृत्यु भएकाको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ। जिल्ला प्रशासन कार्यालय तनहुँका अनुसार बसमा यात्रा गरिरहेका ३६ जना यात्रा गरिरहेका थिए।
तनहुँ, मंसिर १३ : पृथ्वीराजमार्गको व्यास नगरपालिका–१२ घाँसीकुवामा आज बिहान यात्रुवाहक बस दुर्घटना हुँदा २ जना यात्रुको मृत्यु भएको छ । दुर्घटनामा पर्दा अरु ३४ यात्रु घाइते भएका छन्।
मृत्यु भएकाको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ। जिल्ला प्रशासन कार्यालय तनहुँका अनुसार बसमा यात्रा गरिरहेका ३६ जना यात्रा गरिरहेका थिए।
३४ जना घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेकोले थप उपचारका लागि उनीहरुलाई पोखरा पठाइएको प्रहरीले जनाएको छ। सामान्य घाइतेको दमौली अस्पताल र रत्नहरि अस्पतालमा उपचार भइरहेको छ।
धरानबाट पोखरातर्फ जाँदैगरेको ग१ख ७८९५ नम्बरको बस अनियन्त्रित भएर सडकबाट खसेको थियो।
प्रकाशित मिति: ०८:२८ बजे, बुधबार, मंसिर १३, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![होल्डिङ सेन्टर जलमग्न, सुकुम्बासीको जनजीवन प्रभावित [तस्विरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_1cc3ec18-1783750652.jpg)
