Kathmandu Press

कोप २८ मा भाग लिन युएई जाँदै प्रधानमन्त्री दाहाल

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप–२८) मा सहभागी हुन उनी आज राति १० बजे त्यसतर्फ जाने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।आयोजक यूएईले अध्यक्षता गर्ने यो सम्मेलन तेह्र दिनसम्म चल्ने छ।
कोप २८ मा भाग लिन युएई जाँदै प्रधानमन्त्री दाहाल

काठमाडौं, मंसिर १३ : प्रधानमन्त्री पुष्पकमल दाहाल आज संयुक्त अरब इमिरेट्स (यूएई) जाँदै छन्।

यूएईको दुबईमा भोलिदेखि सुरु हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप–२८) मा सहभागी हुन उनी आज राति १० बजे त्यसतर्फ जाने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
आयोजक यूएईले अध्यक्षता गर्ने यो सम्मेलन तेह्र दिनसम्म चल्ने छ।

कोप–२८ मा सहभागितासँगै अति कमविकसित देशहरुको तर्फबाट नेपालले अध्यक्षताको प्रतिनिधित्व गरी जलवायु परिवर्तनले नेपालजस्ता अति कमविकसित देशहरुमा पारेको असरलाई उल्लेख गर्दै जलवायु न्याय र क्षतिपूर्तिका लागि सशक्त रुपमा आवाज उठाउने तयारी गरेको छ।

कोप २८ मा नेपालमा जलवायु परिवर्तनबाट परेको असर र त्यसको प्रभावको दृष्टान्त सम्मेलनमा देखाउने तयारी नेपालले गरेको छ।

प्रधानमन्त्री दाहाल नेतृत्वको भ्रमणको सम्पूर्ण तयारी पूरा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

 

प्रकाशित मिति: १०:२० बजे, बुधबार, मंसिर १३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्