Kathmandu Press

गौरादहमा सवारी दुर्घटना, एक जनाको मृत्यु, तीन जना घाइते

दुर्घटनामा घाइते भएका सिटी रिक्सा चालक स्थानीय ५२ वर्षीय रघुनाथ काफ्लेको उपचारको लागि अस्प्ताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।
गौरादहमा सवारी दुर्घटना, एक जनाको मृत्यु, तीन जना घाइते

झापा, मंसिर १२ : झापाको गौरादह नगरपालिका–२ मा मंगलबार सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। तीनजना घाइते भएका छन् ।

गौरादह–गौरीगन्ज सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको सिटी रिक्सालाई सोही दिशातर्फ जाँदै गरेको पिकअप गाडीले ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ। सो दुर्घटनामा तीन जना घाइते भएका छन्।

दुर्घटनामा घाइते भएका सिटी रिक्सा चालक स्थानीय ५२ वर्षीय रघुनाथ काफ्लेको उपचारको लागि अस्प्ताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परी घाइते भएका सिटी रिक्सामा सवार गौरादह–३ की ५५ वर्षीया रमा नेपाल र ४४ वर्षीया मेनुका भण्डारी घाइते भएका छन्। उनीहरुको म्याडिम्याक्स अस्पताल गौरादहमा उपचार भइरहेको छ।

यस्तै, सो दुर्घटनामा पिकअप चालक गौरीगन्ज–८ का २६ वर्षीय राजेश महतो पनि घाइते भएका छन्। उनको दमक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १९:३३ बजे, मंगलबार, मंसिर १२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्