धनुषामा परालले छोकेको अवस्थामा महिलाको शव भेटियो
धनौजी गाउपालिका वडा नं. ४ भडरियास्थित आँप बगैंचामा परालले छोपिएको अवस्थामा महिलाको शव फेला परेको प्रहरीले जनाएको छ।
धनुषा, मंसिर १२ : धनुषाको भडरियामा सडेको अवस्थामा एक महिलाको शव फेला परेको छ।
धनौजी गाउपालिका वडा नं. ४ भडरियास्थित आँप बगैंचामा परालले छोपिएको अवस्थामा महिलाको शव फेला परेको प्रहरीले जनाएको छ।
मंगलबार स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। शव ७५ प्रतिशतभन्दा बढी कुहिएको बताइएको छ। घटनाको अनुसन्धानका लागि कुकुरसहितको टोली परिचालन गरेको छ।
महिलाको शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा ल्याइएको छ।
प्रकाशित मिति: १८:४२ बजे, मंगलबार, मंसिर १२, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![होल्डिङ सेन्टर जलमग्न, सुकुम्बासीको जनजीवन प्रभावित [तस्विरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_1cc3ec18-1783750652.jpg)
