Kathmandu Press

सभापति देउवाले डाके पदाधिकारी र पूर्वपदाधिकारीको बैठक

महासमिति बैठकको तयारी र विभाग गठनका विषयमा छलफल गर्न बैठक डाकिएको जनाइएको छ।
सभापति देउवाले डाके पदाधिकारी र पूर्वपदाधिकारीको बैठक

काठमाडौं, मंसिर १२ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बुधबारका लागि पदाधिकारी र पूर्व पदाधिकारीको बैठक डाकेका छन्।

बुधबार दिउँसो १ बजे धुम्बाराहीस्थित देउवा निवासमा बैठक बस्ने तय भएको छ।

महासमिति बैठकको तयारी र विभाग गठनका विषयमा छलफल गर्न बैठक डाकिएको जनाइएको छ। विधानतः महाधिवेशन नभएको वर्ष महासमिति बैठक हुने व्यवस्था छ।

आगामी पुस १६ देखि १९ सम्म काठमाडौंमा कांग्रेस महासमिति वैठक गर्ने गरि मिति तय भइसकेको छ ।

 

प्रकाशित मिति: १७:४८ बजे, मंगलबार, मंसिर १२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्