Kathmandu Press

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेट

सिंहदरबारस्थित नयाँ प्रधानमन्त्री कार्यालयमा केही समयअघि दुई नेताबीच भेटवार्ता भएको हो।
प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेट

काठमाडौं, १२ मंसिर : प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच सिंहदरबारमा भेटवार्ता भएको छ।

सिंहदरबारस्थित नयाँ प्रधानमन्त्री कार्यालयमा केही समयअघि दुई नेताबीच भेटवार्ता भएको हो। प्रधानमन्त्री दाहालले ओलीलाई आफ्नो नयाँ कार्यालयको भ्रमण समेत गराएका छन्।

प्रधानमन्त्री दाहाल केही दिनअघि सिंहदरबारमा पश्चिमतर्फ रेट्रो फिटिङ भएको नयाँ भवनमा बनाइएको कार्यकक्षमा सरेका थिए। प्रधानमन्त्री र प्रमुख प्रतिपक्षी दलका नेताविच भएको छलफलको बिषय भने खुलेको छैन ।

 

प्रकाशित मिति: १६:३० बजे, मंगलबार, मंसिर १२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्