‘संघीय सरकारसँग सहकार्यसँगै संघर्ष हुन्छ’
मुख्यमन्त्री कार्कीले सरकारका संयन्त्रहरूले दिगो विकासका लक्ष्यअनुसार काम गर्नुपर्ने बताए। उनले आफूहरुले कनिकासरी बजेट छर्ने परिपाटी अन्त्य गर्ने उल्लेख गरे।-1701166646.png)
मोरङ, मंसिर १२ : कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले संघीय सरकारसँग सहकार्य मात्रै नभई संघर्ष पनि गर्ने बताएका छन्।
मंगलबार विराटनगरमा आयोजित स्थानीय तहहरूको असल अभ्यास आदान प्रदान कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन्।
संविधानको कार्यान्वयन सही ढङ्गले गर्नुपर्नेमा मुख्यमन्त्री कार्कीले जोड दिए। ‘जबसम्म हामी पुरातन सोचमा हुन्छौँ तबसम्म हामी अगाडि बढ्न सक्दैनौँ। हामीले के गर्ने हो भन्ने कुराको योजनाका साथ जानुपर्ने हुन्छ,’ उनले भने, ‘त्यसैले अहिलेको सरकारले संघ सरकारले समन्वयमात्रै नभई आफ्ना अधिकारहरू स्थापित गर्न संघर्ष पनि गर्छ।’
मुख्यमन्त्री कार्कीले सरकारका संयन्त्रहरूले दिगो विकासका लक्ष्यअनुसार काम गर्नुपर्ने बताए। उनले आफूहरुले कनिकासरी बजेट छर्ने परिपाटी अन्त्य गर्ने उल्लेख गरे।
कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवीले तीनै तहको सरकारबीच समन्वय भएमात्र विकासले गति लिनसक्ने बताइन्। ‘स्थानीय सरकारले अब कसरी अघि बढ्ने भनेर एउटा रोडम्याप बनाउन जरुरी छ,’ उनले भनिन्।
मन्त्री देवीले विनियोजित बजेट समेत स्थानीय सरकारबाट खर्च हुन सक्ने अवस्था सिर्जना हुनु योजना तथा तयारीको अभावले हुने गरेको जिकिर गरिन्।










![होल्डिङ सेन्टर जलमग्न, सुकुम्बासीको जनजीवन प्रभावित [तस्विरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_1cc3ec18-1783750652.jpg)
