एनआरएनएको विवाद समाधान गरिदिन सरकारसँग शर्माको आग्रह
निर्वाचन प्रक्रिया नै परिवर्तन गरी गैरकानूनी रुपले आफ्नो पक्षमा नतिजा पारेको भन्दै आफूहरुले निर्वाचनमा भएको धाँधलीको निष्पक्ष अनुसन्धान गराउन केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) मा गरेको उजुरीबारे अनुसन्धान प्रतिवेदन पाउनुपर्ने बताए।
काठमाडौं, मंसिर १२ : गैरआवासीय नेपाली संघ (एनआरएनए)को महाधिवेशनमा धाँधली भएको भन्दै छुट्टै कार्यसमिति घोषणा गरेका अध्यक्षका प्रत्यासी आरके शर्माले एनआरएनएको वतविवाद समाधान गरिदिन सरकारलाई आग्रह गरेका छन् ।
उनले संघको निर्वाचनमा भएको धाँधलीबारे केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले गरेको अध्ययन प्रतिवेदन उपलब्ध गराई संघमा चुलिएका विवाद समाधान गरिदिन सरकारलाई आग्रह गरेका हुन्।
मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनले वर्तमान अध्यक्ष डा. बद्री केसी नेतृत्वले अनलाइन भोटिङमा धाँधली गरी आफ्नो पक्षमा मत बढाएको उल्लेख गर्दै संघभित्र पछिल्लो समय चुलिएको विवाद समाधान गर्न सरकार गुहारे।
-1701166277.jpg?timestamp=1701166438857)
उनले केसी नेतृत्वको समूहले निर्वाचन प्रक्रिया नै परिवर्तन गरी गैरकानूनी रुपले आफ्नो पक्षमा नतिजा पारेको भन्दै आफूहरुले निर्वाचनमा भएको धाँधलीको निष्पक्ष अनुसन्धान गराउन केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) मा गरेको उजुरीबारे अनुसन्धान प्रतिवेदन पाउनुपर्ने बताए।
‘सीआइबीमा हामीले छानबिनका लागि उजुरी हालेको ३५ दिनभन्दा बढी भयो। सोबारे सत्यतथ्य के हो भनेर कागजपत्र माग्दा हामीसम्म आइपुगेको छैन,’ शर्माले भने, ‘तर, केही मिडियामार्फत जान्ने मौका मिल्यो, सीआइबीको अनुसन्धान गरेको कुरा बाहिर आइससकेको रहेछ।’
शर्मा नेतृत्वको समूहले वर्तमान केसी नेतृत्वको एनआरएनए गैरकानूनी भएको दाबी गर्दैै पुनः निर्वाचन गराउनुपर्ने माग गर्दै आएको छ । उनले समस्या समाधानका लागि पुनः निर्वाचन गर्नुपर्ने मागसहित हाल चुलिएको विवादलाई समाधान गरिदिन सरकारलाई आग्रह गरेका छन्।










![होल्डिङ सेन्टर जलमग्न, सुकुम्बासीको जनजीवन प्रभावित [तस्विरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_1cc3ec18-1783750652.jpg)
