सभापति देउवाले गरे तीन भ्रातृ संस्थामा अध्यक्ष नियुक्ति
समयमा अधिवेशन नहुँदा स्वतः विघटन भएका ३ वटा भ्रातृ संस्थामा देउवाले मंगलबार अध्यक्ष नियुक्त गरेका हुन्।
काठमाडौं, मंसिर १२ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ३ वटा भ्रातृ संस्थामा अध्यक्ष नियुक्त गरेका छन्।
समयमा अधिवेशन नहुँदा स्वतः विघटन भएका ३ वटा भ्रातृ संस्थामा देउवाले मंगलबार अध्यक्ष नियुक्त गरेका हुन्।
देउवाले नेपाल प्रजातन्त्र सेनानी संघको अध्यक्षमा ओखलढुंगाका बालकृष्ण दाहाल, राष्ट्रिय लोकतान्त्रिक अपांग संघको अध्यक्षमा तनहुँका प्रकाश पन्थ नियुक्त गरेका छन्। यस्तै, सभापति देउवाले कपिलवस्तुका मेघराज टण्डनलाई नेपाल भूतपूर्व सैनिक संघको अध्यक्षमा नियुक्त गरेका छन्।
उल्लेखित तीन वटै भ्रातृ संस्था कांग्रेसको विधान अनुसार म्याद सकिएर स्वतः विघटन भएका थिए।
प्रकाशित मिति: १५:४० बजे, मंगलबार, मंसिर १२, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![होल्डिङ सेन्टर जलमग्न, सुकुम्बासीको जनजीवन प्रभावित [तस्विरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_1cc3ec18-1783750652.jpg)
