नक्कली शरणार्थी प्रकरण : रायमाझीको प्रतिरक्षा बहस सकियो, अब तीन जनाको बाँकी
प्रतिबादीहरु रामशरण केसी, केशव तुलाधर र सागर राईको तर्फबाट प्रतिरक्षा बहस सकिएपछि सरकारी वकिलले बहस गर्नेछन्। त्यसपछि प्रतिवादीका कानुन व्यवसायीले जवाफी बहस गरेपछि निर्णय आउने छ ।
काठमाडौं, मंसिर १२ : नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा पूर्व उपप्रधानमन्त्री तथा नेकपा एमालेका नेता टोपबहादुर रायमाझीको प्रतिरक्षा बहस सकिएको छ।
रायमाझीको प्रतिरक्षामा वहश गर्ने कानुन व्यवसायीले खाजा समय अगावै बहस सकाएका हुन्। उच्च अदालत पाटनमा जिल्ला अदालतले सुनाएको थुनछेक आदेशविरुद्धको निवेदनमा प्रतिबादीका कानुनव्यवसायीहरुको सुनुवाइ जारी छ।
रायमाझीका तर्फको बहस सकिएसँगै अब तीन जना प्रतिवादीहरुको तर्फबाट बहस हुन बाँकी छ।
प्रतिबादीहरु रामशरण केसी, केशव तुलाधर र सागर राईको तर्फबाट प्रतिरक्षा बहस सकिएपछि सरकारी वकिलले बहस गर्नेछन्। त्यसपछि प्रतिवादीका कानुन व्यवसायीले जवाफी बहस गरेपछि निर्णय आउने छ।
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने नाममा करोडौं रुपैयाँ ठगी गरेको अभियोगमा पूर्व उपप्रधानमन्त्री रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाण, पूर्व सचिव टेक नारायण पाण्डेसहितलाई पक्राउ गरेर मुद्दा चलाइएको थियो।
काठमाडौं जिल्ला अदालतले गत असार १ गते पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि उनीहरु धरौटी तारेखमा छुट्न पाउनुपर्ने मागसहित उच्च अदालत पुगेका थिए।










![होल्डिङ सेन्टर जलमग्न, सुकुम्बासीको जनजीवन प्रभावित [तस्विरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_1cc3ec18-1783750652.jpg)
